You are viewing the translated version of संरचनाको सहप्रयोग हुन सक्ने.
Section 30
संरचनाको सहप्रयोग हुन सक्ने
(१) खानेपानी तथा सरसफाइ सेवामा कुनै संरचनाको सहप्रयोग गर्दा उपभोक्ता र सेवाप्रदायक दुवैलाई फाइदा पुग्ने तथा सेवाप्रवाह प्रभावकारी हुने देखी त्यस्तो संरचनाको सहप्रयोगको लागि सेवाप्रदायकले निवेदन दिएमा अनुमति प्रदान: गर्न अधिकारीले सेवाको मापदण्ड र गुणस्तरमा कुनै असर नपर्ने गरी अनुमति प्रदान गर्न सक्नेछ।
(२) कुनै निश्चित सेवा क्षेत्रभित्र खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने गरी अनुमति प्राप्त सेवाप्रदायकले भौगोलिक निकटता, अनुकुलता र सेवा प्रवाहमा सहजता हुने अवस्थामा अर्को स्थानीय तहको सीमा क्षेत्र भित्र पर्ने निश्चित भुगोलमा रहेको क्षेत्रमा समेत सो स्थानीय तहसँग सम्झौता गरी खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउन सक्नेछ।